काठमाडौ- पब्लिक पोलिसी पाठशाला र विश्व वन्यजन्तु कोष(डब्लुडब्लुए) नेपाल सहकार्यमा नेपालका प्रमूख निकुञ्जहरु चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, वर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र शुल्काफाँट राष्ट्रिय निकुञ्जमा पर्ने तथा प्रभावित रहेका स्थानीय सरकारसँग यसको प्राकृतिक स्रोतको व्यवस्थापनका विषयमा अन्तक्रिया कार्यक्रम संचालन सम्पन्न भयो ।

“प्राकृतिक स्रोत संरक्षण सम्बन्धी संवैधानिक व्यावस्था र संघीय संरचनामा स्थानीय सरकारको भूमिका”को विषयमा भएको छलफलमा निकुञ्ज प्रभावित क्षेत्रका करिब ७० वटा स्थानीय सरकारका प्रमूख /उपप्रमूख सहभागिता रहेको थियो ।
राष्ट्रिय निकुञ्ज वरपर भएका प्राकृतिक स्रोतको व्यवस्थापन कसरी गर्ने र निकुञ्जको श्रोतमा कति अधिकार रहने र संरक्षण कसरी गरेने भन्ने विषयका कार्यशाला छलफल भएको थियो ।

प्राकृतिक स्रोतबारे संवैधानिक अधिकार, स्थानीय सरकारले कसरी यस्ता श्रोत संरक्षण गर्ने, नीति तथा कार्यक्रम कसरी समायोजन गरेने र राष्ट्रिय अन्तराष्ट्रिय अनुभवका बारेमा छलफल गरि नगरपालिकाका मेयर/उपमेयर र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्षसँग छलफल भएको थियो । कार्यक्रममा प्राकृतिक स्रोत सम्बन्धी संवैधानिक व्यवस्था विषयमा कानुनविद् प्रताप पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्राकृतिक स्रोत र समृद्व विषयमा यादव पद्योवति तथा तिलकराक चौलागाइले र प्राकृतिक स्रोत व्यवस्थापनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवका बारेमा सन्तोषमणि नेपालले कार्यपत्र प्रस्तु गर्नु भएको थियो ।

पहिलो चरणको चरणमा पर्सा निकुञ्जका प्रभावित करिब १५ वटा स्थानीय सरकारका प्रमूख/उपप्रमूखको उपस्थितिमा ( मार्च ६-७,२०१८ ) बाराको होटेल सिमरा भएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्रका करिब १२ वटा स्थानीय सरकारका प्रमूख/उपप्रमूखको उपस्थितिमा नवलपरासीको अमलटारी होमस्टेमा ( मार्च ८-९,२०१८) कार्यक्रमको सहभागी थिए ।

त्यस्तै दोस्री चरणको कार्यक्रम अन्तर्गत शुक्लाफाँट राष्ट्रिय निकुञ्ज जोडिएको वा प्रभावित क्षेत्रका स्थानीय तह र बर्दिया राष्ट्रिय र बाँके राष्ट्रिय निकुञ्जका प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमूख / उपप्रमूखको सहभागी भएको थिए ।
दोस्रो चरणको कार्यक्रममा शुक्लाफाँट राष्ट्रिय निकुञ्जको कार्यक्रम कञ्चुनपुरको होटेल ओपेरामा चैत्र २६ र २७ गते सम्मपन्न भयो । यस कार्यक्रममा करब १५ वटा स्थानीय सरकारका प्रमूख उपप्रमूख तथा केही वडा अध्यक्षहरु पनि सहभागीता रह्यो ।

त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको प्रभावित क्षेत्रका प्रभावित स्थानीय सरकारका प्रमूख उपप्रमूखको सहभागितामा चैत्र २८ र २९ गते होटैल सेन्टंरल प्लाजामा कार्यक्रम सम्पन्न भयो । यस कार्यशालामा करिब २० वटा स्थानी तहका प्रमूख उपप्रमूखको सहभागिता रह्यो ।